आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ खरिद–बिक्री?
काठमाडाैं | चैत २६, २०७९
काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
शुक्रबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा खरिद–बिक्री भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

